२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

सागका पदक विजेतालाई प्रदेश १ सरकारको सम्मान

पुनर्वास खबर बिहिबार ०१, साउन २०७७ ०९:०७

सागका पदक विजेतालाई प्रदेश १ सरकारको सम्मान

विराटनगर। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेता प्रदेश १ का खेलाडीहरूलाई प्रदेश १ सरकारले सम्मान गरेको छ। 

सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको बताए। प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको उनको भनाइ थियो। 

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो। उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरूलाई सम्मान गरेको हो। 

खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो। सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए। 

 


प्रतिकृया दिनुहोस