२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

दश वर्षको अनुभव पछि स्वदेशमै पसिना बगाइरहेका युवा व्यवसायी मल्ल

पुनर्वास खबर आइतबार १४, असार २०७७ ०६:४८

दश वर्षको अनुभव पछि स्वदेशमै पसिना बगाइरहेका युवा व्यवसायी मल्ल

कञ्चनपुर । बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । यस्तै स्वदेशमा रोजगारीको कुनै अवसर नपाएपछि कञ्चनपुरको पुनर्वास नगरपालिकाका वडा नम्बर ११ का खगेन्द्र मल्ल पनि भारत पसे ।

८ बर्ष भारत र दुई बर्ष साउदी अरबमा काम गर्दै उनले त्यहाँ विभिन्न दुःख कष्ट समाल्दै दश बर्षे जीवन अरूको देशमा कटाउन बाध्य भए । पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच गरेका युवाहरूले यहाँ कुनै अवसर नपाउँदा बिदेशिन बाध्य छन् ।

यस्तै समस्या मल्लाई आई पुग्यो कक्षा ८ कक्षामा पढ्दा पढ्दै भारतमा रहेको पलिया बजारमा काम गर्न पुगे, त्यस पछि भारतका विभिन्न सहरमा उनले आफ्ना जीवनका दश वर्ष भारतमा बिताए । त्यो सँगै उनी घर फर्किए । घरफर्किको छ महिना नबित्दै फेरि उनी विदेशको यात्रा रोज्न बाध्य भए । दुई वर्ष साउदी अरबको तातो घाममा मजदुरी गरेका मल्ल अहिले आफ्नै भूमिमा पसिना बगाइरहेका छन् ।

नेपाल फर्किसकेपछि आफ्नै ठाउँमा केही गरे समाजले पनि राम्रो ढङ्गले हेर्छ । आफ्नै देशमा आफ्नै खुट्टामा उभिन सके विदेशको जत्तिको दुख कष्ट भोग्नु पर्दैन भन्ने सोचका साथ मल्लले गाउँमै सानो रकमबाट मल्ल स्टिल तथा ग्रिल उद्योग विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएका छन् ।

स्वदेशमै केही गरौँ भन्ने सन्देश दिन सो कार्य सुरु गरेका मल्ले ले अहिले विदेशको जत्तिकै कमाई गर्न सकेको बताउँदै आएका छन् । कामलाई सानो ठुलो होइन सफलतापूर्वक गर्नुपर्छ जेमा पनि कमाइ गर्न सकिन्छ भन्दै उनले गरेको सो उद्योगमा कैलाली कञ्चनपुरका समेत ग्राहक आउने गरेका छन् ।

सानो लगानीबाट सुरुवात गरेको ग्रिल उद्योगमा घरलाई सजावट गर्ने स्टिलका सामाग्रीहरू,घर निमार्णलाई आवश्यक पर्ने फलामका ग्रील सटर लगायतका सामाग्री बनाउँदै आएका छन् ।  मल्लले अहिले महिनाको  अहिले महिनाको रु २०देखि२५ हजार सम्म कमाउँदै आएका छन्  । आफूले सञ्चालन गर्दै आइरहेको ग्रील उद्योगमा आफूसँगै अरू तिन जनालाई समेत रोजगारी दिन सफल भएको बताउँछन् ।

‘विदेशमा पनि कमाउने त आखिर उही हो, यता बस्यो भने परिवारसँगै बसेर सबै कुरामा साथ र सहयोग गरेर बस्न पाइन्छ, त्यसैले विदेशमा भन्दा यही ठिक छ’, मल्ले भने ‘विदेश जाँदा यता के भयो कस्तो भयो होला भन्ने पीर हुन्थ्यो, अहिले त्यो सोच्नुपरेको छैन ।

मागका आधारमा काम सबै ठेक्का र ज्यालामा सबै काम गर्ने गरेको उनले बताए । अहिले उनको परिवारमा दुई छोरी श्रीमती गरी चार जनाको रहेको बताए । 


 



प्रतिकृया दिनुहोस