२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

महिलाहरु यौनबाट टाढा भाग्छन् ?

एजेन्सी शुक्रबार २१, चैत २०७६ ०९:१७

महिलाहरु यौनबाट टाढा भाग्छन् ?

प्रायः महिलाहरु पुरुषहरुलाई स्वार्थी भन्छन् । किनभने पुरुषहरु महिलाहरुलाई केवल यौन सम्पर्कका लागि मात्र नजिकिन्छन् भन्ने लाग्छ । यो कुरा सबै महिलामा लागू हुँदैन ।

तर विभिन्न सर्वेक्षणका अनुसार वैवाहिक सम्बन्ध अथवा लामो प्रेम सम्बन्धहरुमा एउटा त्यस्तो समय पनि आउँछ, जुन समयमा महिलाहरु आफुलाई यौन र यौन क्रियाकलापबाट आफुलाई अलग राख्छन् ।

त्यस्तो अवस्थामा आफ्नो यौन जीवनबाट असन्तुष्ट भएका कारण त्यस्तो  भएको अनुभव गर्छन् । महिलाहरु आफ्नो यौन जीवनबाट असन्तुष्ट हुनुको विभिन्न कारण हुन्छन् ।

जसमा पहिलो कारण भनेको उनीहरु यौनका बारेका पहल गर्न र खुलेर आफ्नो इच्छा बताउन अफ्ठ्यारो मान्छन् । यहाँ त्यस्ता पाँच कारणहरुका बारेमा उल्लेख गरिंदैछ, जमा एउटा समयपछि महिलाहरु यौनसंग सुरक्षित दूरी बनाउँछन् ।

पहिलो कारण

भावनात्मक सम्बन्ध कमजोर हुनु –  यौनबाट टाढा हुनुको पहिलो कारण हो भावनात्मक सम्बन्ध कमजोर हुनु । महिलाहरु यौनका लागि सबैभन्दा पहिला भावनात्मक सम्बन्धलाई महत्व दिन्छन् । उनीहरु त्यस्तो भावना कायम भैरहोस् भन्ने चाहन्छन् ।

यदि उनीहरुलाई सम्बन्धमा प्रेम, सम्मान र स्नेह प्राप्त भएको छैन भन्ने महसुस भयो भने उनी तिव्र रुपमा यौनबाट विमुख हुन्छन् । उनीहरु यौन क्रियाकलापमा पनि पूर्ण रुपमा आनन्द लिन सक्दैनन् । यदि यो स्थिति धेरै समयसम्म रहिरह्यो भने उनीहरु यौनप्रति पूर्ण रुपले अनिच्छुक हुन्छन्  । उनीहरु कहिलेकाहिं आफ्नो पार्टनरको मन राख्नका लागि यौनसम्पर्क राखेता पनि यो गतिविधिमा अलिकति पनि रमाउन सक्दैनन् ।

दोस्रो कारण

महिलाहरु व्यस्त रहनु – महिलाहरुको व्यस्तताका कारण पनि उनीहरुमा यौन इच्छा कम हुन थाल्छ । हिजोआज महिलाहरुलाई समान अधिकार र स्वतन्त्रता दिने नाममा उनीहरुलाई पहिला भन्दा धेरै व्यस्त बनाइदिएको छ ।

आफ्नो शौखलाई पुरा गर्नु र आफ्नो क्षमताको सही प्रयोग गर्नु उनीहरुको पहिलो अधिकार हो तर जब उनीहरु अफिसबाट थाकेर घर आउँछन्, उनीहरुका पुरुष पार्टनरले घरको कामकाजमा उनीहरुलाई सहयोग पाउनु पनि महिलाहरुको अधिकार हो ।

तर त्यस्तो दृष्य कहिं-कहिं मात्र देख्न सकिन्छ, जहाँ श्रीमान्ले श्रीमतीलाई घरको कामकाजमा सहयोग गर्छन् । त्यस्तो स्थितिमा घर-परिवारको दोहोरो जिम्मेवारी निभाउनु पर्ने कारणले उनीहरुको शरीर पूर्ण रुपले थाक्छ, थाकेको शरीरमा यौन इच्छा उत्पन्न हुने प्रश्न नै उठ्दैन ।

तेस्रो कारण

यौन जीवनमा दम्पतीको अनाकर्षण- हरेक विवाहित दम्पत्तिमा केही वर्षपछि यौनप्रतिको आकर्षणमा कमी आउन थाल्छ । एक-अर्काको शरीर र क्रियाकलापसंग राम्रोसंग परिचित भएका कारण पनि त्यस्तो भएको हुन सक्छ । उनीहरुबीचको यौन सम्बन्धमा बढ्दो दुरीका कारण यौन जीवन निरस हुन थाल्छ । प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा आफ्नो बोरिङ यौन जीवनलाई आकर्षक बनाउने जिम्मेवारी पुरुषहरुको नै हुन्छ ।

यदि उसले त्यस्तो गर्न सफल भयो भने उनको यौन जीवन सुमधुर हुन्छ । यदि सफल भएन भने महिलाहरु विभिन्न बाहाना बनाएर यौनबाट टाढा रहन थाल्छन् । यदि तपाईंको सम्बन्ध पनि त्यस्तो स्थितिमा छ भने आफ्नो पार्टनरलाई विभिन्न उपाय अपनाएर उसलाई यौनप्रति आकषिर्त गर्नु आवश्यक छ ।

चौथो कारण

आफ्नो शरीरप्रति सहज महसुस नहुनु – हामी सबै आफ्नो शरीरको ल्ुकप्रति धेरै सम्वेदनशील हुन्छौं । पुरुषको तुलनामा महिलाहरु आफ्नो शरीरप्रति धेरै नै संवेदनशील हुन्छन् । वढेको वजन र शरीरमा भएका दागहरुका कारण उनीहरु आफ्नो शरीरप्रति आत्मविश्वास कम हुन्छ ।

उनीहरु आफुलाई सेक्सी अनुभव गर्दैनन्, आफ्नो पार्टनरको अगाडि कपडा बिना प्रस्तुत हुन अफ्ठ्यारो महसुस गर्छन् । जसको असर यौन क्रियाकलापमा पनि पर्छ । उनीहरु यौनको क्रममा यो प्रक्रियाको आनन्द लिनु भन्दा आफ्नो शरीरको बारेमा नै सोचिरहन्छन । असन्तुष्टिदायक यौन सम्पर्क भविष्यमा गएर यौनबाट टाढा हुनुको कारण बन्छ ।

पाँचौं कारण

यौनमा सन्तुष्टिको अनुभव नगर्नु- यो कुरा विभिन्न सर्वेक्षणहरुबाट प्रमाणित भैसकेको छ । जसमा त्यस्ता महिलाहरुको ठुलो संख्या छ, जसले आफ्नो जीवनमा चरमसुखको अनुभव कहिले पनि गरेका छैनन्।

यदि वैवाहिक सम्बन्धमा महिलाहरुले लामो समयसम्म पनि यौन सन्तुष्टिको अनुभव गर्न पाएनन् भने उनीहरु यौनप्रति दिनदिनै उदास हुन थाल्छन् ।

यसको केही जिम्मवारी महिलाहरुको त्यस्तो बानीलाई मानिन्छ, जसमा उनीहरु यौनको बारेमा कुरा गर्न लजाउँछन् । आज पनि त्यस्ता महिलाहरु धेरै छन्, जसलेे पार्टनरलाई आफ्नो यौन इच्छाका बारेमा खुलेर बताउँदैनन् । त्यस्तो स्थिति नहोस् भन्नाका लागि दुवै पार्टनरले आफ्नो यौन जीवनका बारेमा खुलेर छलफल गर्नु आवश्यक छ ।

 


प्रतिकृया दिनुहोस