पुनर्वास खबर http://punarwashkhabar.com पुनर्वास खबर - Punarwash Khabar en-US hourly 1 Copyright 2021 Tue, 26 Jan 2021 11:23:34 +0545 धनगढीमा अध्ययनरत विद्यार्थी ७ दिनदेखि वेपत्ता http://punarwashkhabar.com/news/5885 Mon, 25 Jan 2021 13:46:23 +0545 http://punarwashkhabar.com/news/5885 धनगढीमा अध्ययनरत एक जना विद्यार्थी वेपत्ता भएका छन् । अछाम मंगलसेन–११ खिमाडा घर भइ कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ (बिज्ञान संकाय) मा अध्ययनरत प्रशान्त भण्डारी एक हप्तादेखि सम्पर्कविहिन भएका हुन् । धनगढीमा अध्ययनरत एक जना विद्यार्थी वेपत्ता भएका छन् । अछाम मंगलसेन–११ खिमाडा घर भइ कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ (बिज्ञान संकाय) मा अध्ययनरत प्रशान्त भण्डारी एक हप्तादेखि सम्पर्कविहिन भएका हुन् ।

उनी धनगढी क्याम्पस रोडमा डेरा गरि  बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भण्डारी वेपत्ता रहेको जानकारी आएको र खोजी भईरहेको जानकारी दिए ।

उनका आफ्न्तले कहिँ कतै भेटाएमा नजिकको प्रहरीलाई खबर गरिदिनु र निम्न उल्लेखित नम्बरमा सम्पर्क गरी सहयोग गर्न अपिल गरेका छन ।

9848690814 – ललित भण्डारी (बुवा)

9842179243 जगत भण्डारी

9868538608 भरत रावल

]]>
सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै http://punarwashkhabar.com/news/5884 Mon, 25 Jan 2021 12:31:09 +0545 http://punarwashkhabar.com/news/5884 सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा त्यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप त्यहाँआउन लागेको बताए । सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा त्यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप त्यहाँआउन लागेको बताए ।

उनले त्यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने जानकारी दिए । त्यहाँ कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाइमा खटिने सरसफाइकर्मीमा उक्त खोप लगाउने तयारी रहेको निर्देशनालयले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार त्यहाँका जिल्लाबाट करीब १४ हजार ६६६ स्वास्थ्यकर्मी, १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क निर्देशनालयमा पुगेको जोशीले बताए । सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोराना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप केही दिनअघि मात्रै नेपाल आइपुगेको थियो ।

]]>